Gopi Krishna Bhattarai
Campus Chief
आदरणीय आभिभावक तथा शुभचिन्तकज्युहरु,
त्रिदेव बहुमुखी क्याम्पस २०६४ सालमा त्रिविद्वारा सम्बन्धन प्राप्त गरी सामुदायिक क्याम्पसका रुपमा स्थापना भई आफ्नो छुट्टै पहिचान दिई शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै २०७८ (2022) सालमा विश्वविद्यालय अनुदान आयोग (UGC) बाट गुणस्तर सुनिश्चितता प्रत्यायनकृत प्रमाण पत्र (QAA Certificate) प्राप्त गर्न सफल पूर्वको एक उच्च शैक्षिक संस्था हो | स्नातक तथा स्नातकोत्तर तहसम्म संचालित यस उच्च शैक्षिक संस्थाले विधि, नियम र मापदण्डका आधारमा उच्च जनशक्ति उत्पादन गर्दै दिगो विकासमा टेवा पुर्याउदै आएको छ | आफ्नो भविष्य र शैक्षिक सफलताको गन्तब्य बनाई सर्वशुलभ र गुणस्तरीय शिक्षा प्राप्त गर्न सम्पूर्ण विद्यार्थी, अभिवावक एवं शुभचिन्तकहरुमा अनुरोध गर्दै समुदायस्तरबाट स्थापित यो मुनाफारहित शैक्षिक संस्थामा हार्दिक स्वागत गर्दछु |
Tridev Multiple Campus