Tridev Multiple Campus

Our Best Memories


वृक्षारोपण कार्यक्रम

डिभिजन वन कार्यालय चन्द्रगढी झापाको आयोजना तथा त्रिदेव बहुमुखी क्याम्पसको सहआयोजनामा त्रिदेव बहुमुखी क्याम्पसको एक बिघा जग्गामा वृक्षारोपण दिवस २०८१ को अवसर पारेर वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। " भावी सन्तति र समृद्धिका लागि वृक्षारोपण" भन्ने मूल नाराका साथ यस वर्ष देशभर असार १४ गते छैठौं राष्ट्रिय वृक्षरोपण दिवस मनाइरहँदा त्रिदेव बहुमुखी क्याम्पसको जग्गा परिसरमा २०० बढी बिरुवा रोपी वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। डिभिजन वन कार्यालय चन्द्रगढीका प्रमुख मेघराज राईको अध्यक्षता, त्रिदेव बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख माधव प्याकुरेलले स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रमको सञ्चालन त्रिदेव बहुमुखी क्याम्पसका प्राध्यापक संघका सभापति सावित्रा दाहालले गर्नुभएको थियो। कार्यक्रममा सामुदायिक वन महासङ्घका जिल्ला अध्यक्ष वेद प्रकाश भण्डारी वृक्षारोपणको महत्वबारे जानकारी गराउँदै क्याम्पसले सञ्चालन गरेको कार्यक्रमको प्रशंसा गर्नुभएको थियो। उक्त कार्यक्रममा , त्रिदेव बहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद घिमिरे , सञ्चालक सदस्य जमुना खरेल, आसपासका सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधिहरू, डिभिजन वन कार्यालयका अधिकृत स्तरका कर्मचारीहरु, त्रिदेव बहुमुखी क्याम्पसका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो। उक्त अवसरमा क्याम्पसले आफ्ना विद्यार्थीहरूलाई उद्यमशीलतातर्फ आकर्षित गर्न र कृषिप्रति सकारात्मक सोचको विकास गराउनका लागि आफ्नो जग्गामा धान रोपाई कार्यक्रम पनि सम्पन्न गरेको छ। कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

विपद व्यवस्थामन सम्बन्धि सचेतनामुलक कार्यक्रम

त्रिदेव क्याम्पसकाे आयोजनामा सम्पन्न "विपद् व्यवस्थापन : हामी सबैको दायित्व " विषयक सचेतनामूलक कार्यक्रममा आफ्नो व्यस्तताका बाबजुद पनि हाम्रो निमन्त्रणालाई स्वीकार गरेर प्रमुख अतिथिको रुपमा उपस्थित भइदिनु हुने जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा झापा जिल्लका प्रमुख जिल्ला अधिकारी श्रद्धेय बन्धुप्रसाद बास्ताेलाप्रति हार्दिक तथा उच्च सम्मान व्यक्त गर्दछौं साथै आफ्नो महत्वपूर्ण समय उपलब्ध गराएर सहजीकरण गरिदिनुहुने झापा जिल्ला रेडकस सोसाइटीका अध्यक्ष आदरणीय लोकराज ढकालप्रति हार्दिक आभार व्यक्त गर्दछौ।