Tridev Multiple Campus

लघु अनुसन्धानका लागि त्रिदेव क्याम्पसका विद्यार्थीको स्थलगत अध्ययन

3 month(s) ago

झापा ।

Tridev Multiple Campus को व्यवस्थापन विभागले विद्यार्थीहरूको अनुसन्धान क्षमता विकास गर्ने उद्देश्यले स्नातक तहका विद्यार्थीहरूलाई लघु अनुसन्धानका लागि स्थलगत अवलोकन तथा जानकारीमूलक कार्यक्रम आयोजना गरेको छ।

व्यवस्थापन संकायका विद्यार्थीहरूले तयार गरिरहेको लघु अनुसन्धानको शीर्षक “प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (राष्ट्रिय कृषि आधुनिककरण कार्यक्रम) को प्रभावकारिता विश्लेषण” सम्बन्धमा परियोजनाका गतिविधि, उद्देश्य तथा उपलब्धिबारे जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा परियोजना प्रमुख Rabindra Subedi ले विद्यार्थीहरूलाई परियोजनाको कार्यक्षेत्र, सरकारद्वारा तय गरिएका लक्ष्य, हालसम्म हासिल भएका उपलब्धि तथा कृषि क्षेत्रको आधुनिकीकरणका लागि सञ्चालन गरिएका विभिन्न गतिविधिबारे विस्तृत जानकारी गराउनुभयो। उहाँले कृषि उत्पादन वृद्धि, व्यवसायिकरण तथा किसानको आयस्तर वृद्धि गर्न कार्यक्रमले खेलेको भूमिकाबारे पनि प्रकाश पार्नुभयो।

यसै क्रममा विद्यार्थीहरूले अत्यन्तै रुचिपूर्वक परियोजनाका गतिविधि तथा कार्यसम्पादनबारे जानकारी लिनुका साथै विभिन्न जिज्ञासा समेत राखेका थिए। परियोजना प्रमुख सुवेदीले विद्यार्थीहरूका प्रश्नहरूको जवाफ दिँदै अनुसन्धानलाई प्रभावकारी बनाउन आवश्यक सुझावहरू समेत दिनुभयो।

विद्यार्थीहरूको अनुसन्धानलाई व्यवहारिक बनाउन Tridev Multiple Campus को व्यवस्थापन विभागले स्थलगत अवलोकन कार्यक्रम अन्तर्गत Ritika Dairy, NMC Dairy तथा Chandragadhi–Charali Pipeline Expansion Project मा समेत अवलोकन गराएको थियो। उक्त अवलोकनबाट विद्यार्थीहरूले उत्पादन, व्यवस्थापन तथा पूर्वाधार विकास सम्बन्धी व्यवहारिक जानकारी प्राप्त गरेका थिए।

क्याम्पसले यस्ता कार्यक्रममार्फत विद्यार्थीहरूको अनुसन्धान सीप, व्यवहारिक ज्ञान तथा अध्ययनलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखेको जनाएको छ।