Tridev Multiple Campus

त्रिदेव बहुमुखी क्याम्पसद्वारा "Stress Management and Lifestyle Training" कार्यक्रम सम्पन्न

3 month(s) ago

झापा । Tridev Multiple Campus चारआली, झापाको आयोजना, B&C Medical College and Research Center को प्राविधिक सहयोग तथा Shree Krishnashram Secondary School कन्याम, इलामको व्यवस्थापनमा Stress Management and Lifestyle Training सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ।

विद्यालयको सभाहलमा आयोजित उक्त तालिममा Suryodaya Municipality क्षेत्रका तीन वटा माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत करिब ९० जना विद्यार्थी सहभागी भएका थिए। तालिमको उद्देश्य विद्यार्थीहरूमा बढ्दो मानसिक तनावबारे सचेतना अभिवृद्धि गर्नुका साथै स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नु रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा सहजीकरण गर्दै B&C Medical College and Research Center की प्राध्यापक Selinashree Timilsina र Social welfare program co-ordinator Mr. Govinda Khanal ले विद्यार्थी उमेरमा देखिने मानसिक तनावका कारण, त्यसबाट पर्न सक्ने प्रभाव तथा तनाव व्यवस्थापनका व्यवहारिक उपायबारे प्रस्तुति दिनुभएको थियो। उहाँले सकारात्मक सोच, समय व्यवस्थापन, नियमित व्यायाम, स्वस्थ आहार तथा सामाजिक सहकार्यले विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुदृढ बनाउन सहयोग गर्ने बताउनुभयो।

क्याम्पस प्रमुख Gopi Krishna Bhattarai को अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष Teknath Upreti, QAA Focal Person Gyan Kumar Khatiwada को विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै उप्रेतीले त्रिदेव बहुमुखी क्याम्पस पूर्वी नेपालको उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै क्याम्पसले समुदायसँगको सहकार्यलाई थप सुदृढ गर्न यस्ता जनचेतनामूलक तथा विद्यार्थी केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले तालिम अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिएका थिए। आयोजकका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई मानसिक रूपमा सशक्त बनाउनुका साथै अध्ययन र जीवन व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।