त्रिदेव बहुमुखी क्याम्पसमा Research Article Writing सम्बन्धी कार्यशाला सम्पन्न
4 month(s) ago
झापा
Tridev Multiple Campus, Research Management Committee (RMC) को आयोजनामा प्राध्यापकहरूको अनुसन्धान तथा लेखन क्षमता विकास गर्ने उद्देश्यले Research Article Writing Skill Development Workshop सम्पन्न भएको छ।
मिति २०८२ फागुन ०२ गते शनिबार आयोजित उक्त एकदिने कार्यशालामा क्याम्पसमा अध्यापनरत प्राध्यापकहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा Mechi Multiple Campus, भद्रपुर झापाका सहायक क्याम्पस प्रमुख तथा Research Management Committee (RMC) सदस्य Sushil Khanal ले सहजीकरण गर्नु भएको थियो।
कार्यक्रम Dundiraj Neupane (Tridev RMC संयोजक) को अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा क्याम्पस प्रमुख Gopi Krishna Bhattarai को उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी तथा सहजीकरणकर्तालाई RMC सदस्य Nisa Bhattarai ले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख Tej Prasad Khanal ले गर्नु भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख Gopi Krishna Bhattarai ले प्राध्यापकहरूको दायित्व केवल अध्यापनमा मात्र सीमित नभई अनुसन्धान तथा लेखनमा पनि सक्रिय हुनुपर्ने बताउनुभयो। उहाँले अनुसन्धानमुखी प्राध्यापकहरूबाट मात्र गुणस्तरीय शिक्षण सम्भव हुने भएकाले सबै प्राध्यापकले Research Article लेखनमा सक्रिय सहभागिता जनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
बिहान १०:३० बजे सुरु भएको कार्यक्रम साँझ ५:०० बजे सम्पन्न भएको थियो। सहभागीहरूले कार्यशाला अत्यन्तै उपयोगी, ज्ञानवर्द्धक तथा फलदायी भएको प्रतिक्रिया दिएका छन्। क्याम्पसले आगामी दिनहरूमा पनि यस्ता अनुसन्धानमूलक तथा शैक्षिक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ।
Tridev Multiple Campus