Tridev Multiple Campus

त्रिदेव बहुमुखी क्याम्पसको सञ्चालक समिति सर्वसम्मत चयन, सन्तोष नेउपाने अध्यक्षमा निर्वाचित

1 month(s) ago

चारआली, झापा । त्रिदेव बहुमुखी क्याम्पस, मेचीनगर–१३, चारआलीको क्याम्पस सभाबाट नयाँ सञ्चालक समिति सर्वसम्मत रूपमा चयन भएको छ । नवगठित सञ्चालक समितिको अध्यक्ष पदमा समाजसेवी सन्तोष नेउपाने निर्विरोध निर्वाचित हुनुभएको छ ।

यसैगरी सञ्चालक समितिको उपाध्यक्ष पदमा शिक्षा तथा सामाजिक क्षेत्रप्रति प्रतिबद्ध व्यक्तित्व भक्तबहादुर लिम्बू (खेबाङ) निर्विरोध निर्वाचित हुनुभएको छ। समितिका सदस्यहरूमा शरद शिवाकोटी, खड्गबहादुर कार्की, मोहन अधिकारी तथा सुनिता पोख्रेल रिजाल चयन हुनुभएको छ।

त्यसैगरी, क्याम्पसको विधान बमोजिम गठित लेखा सुपरिवेक्षण समितिको संयोजकमा जगन्नाथ भट्टराई तथा सदस्यहरूमा दिपेन्द्र सुवेदीमवेन्द्र पौडेल चयन हुनुभएको छ।

नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई त्रिदेव बहुमुखी क्याम्पस परिवारले हार्दिक बधाई ज्ञापन गर्दै सफल, प्रभावकारी र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरेको छ। क्याम्पसले उहाँहरूको सक्षम नेतृत्व, दूरदर्शी सोच तथा समर्पित योगदानबाट क्याम्पसको शैक्षिक गुणस्तर, सुशासन तथा समग्र संस्थागत विकासले थप गति लिने विश्वास व्यक्त गरेको छ।

क्याम्पस सञ्चालक समितिको गठन प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गराउन निर्वाचन संयोजन समितिका संयोजक दुर्गाप्रसाद भट्टराई तथा सदस्यहरू ओदराज सापकोटातारा सेडाई ले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। क्याम्पसले उहाँहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

यसैगरी सञ्चालक समिति गठनका क्रममा आवश्यक समन्वय र सहजीकरण गर्नुहुने समन्वय समिति संयोजक हरिचरण बानियाँ, पूर्व क्याम्पस प्रमुख तथा समितिका सम्पूर्ण सदस्यहरूलाई समेत क्याम्पसले विशेष धन्यवाद ज्ञापन गरेको छ ।

क्याम्पस सभा सदस्यहरू, प्राध्यापक, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाहरूको सक्रिय सहभागिता र सहयोगबाट नेतृत्व चयन प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको क्याम्पसले जनाएको छ।

नवनिर्वाचित नेतृत्व टोलीले क्याम्पसको शैक्षिक, भौतिक तथा संस्थागत विकासलाई नयाँ उचाइमा पुर्‍याउँदै त्रिदेव बहुमुखी क्याम्पसलाई गुणस्तरीय उच्च शिक्षाको उत्कृष्ट केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।