यस क्याम्पसको १५औं क्याम्पस सभा यही मिति २०७९/०९/२७ गते बुधबारका दिन सम्पन्न हुने भएकोले उक्त क्याम्पस सभामा यस क्याम्पसमा आधिकारिक रुपमा दर्ता भएका अध्ययनरत विद्यार्थीहरुका संघ संगठनका अध्यक्ष वा प्रतिनिधिहरु १/१ जना सदस्य बन्न पाउने क्याम्पसको विधानमा व्यवस्था भएकोमा क्याम्पसले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत विद्यार्थी संघ संगठनहरुलाई क्याम्पसमा दर्ता भइ सुचिकृत हुन सूचनागर्दा समेत हालसम्म क्याम्पसमा आधिकारिक रुपमा कुनै पनि विद्यार्थी संघ संगठनहरु दर्ता नभएकाले उक्त क्याम्पस सभामा विधानअनुसार सहभागी गराउन कठिन भएका कारण आगामी मिति २०७९/०९/२५ गते भित्रमा अनिवार्य रुपमा क्याम्पसमा दर्ता भइ सुचिकृत हुन जानकारी गराइन्छ ।
उक्त समयभित्रमा दर्ता भइ सुचिकृत नभएमा विधानत: क्याम्पस सभामा विद्यार्थीहरुका संघ संगठनका अध्यक्ष वा प्रतिनिधिहरुलाई आधिकारिक रुपमा समावेश गर्न नसकिने समेत जानकारी गराइन्छ ।